वार्षिकोत्सवको अवसरमा गरिमा रोड रेस कम्पिटिशन आयोजना गर्ने
काठमाडौं । गरिमा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा यही मंसिर ८ गते शनिवार गरिमा रोड रेस कम्पिटिशन २०८१ आयोजना गर्दैछ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको रेस आयोजना गर्न गइरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । खुल्लातर्फको १० किलोमिटर रेसमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर गरिमा रोड रेस कम्पिटिशनमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।
गरिमा रोड रेस कम्पिटिशन २०८१ को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु.७५,०००।-, रु.६०,०००।-, रु.४५,०००।-, रु.३०,०००।- र रु.१५,०००।- नगद पुरस्कार प्रदान गरिने छ ।
गरिमा रोड रेस कम्पिटिशन २०८१ को प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।
२०८१ मंसिर ७ गते १८ औं वार्षिकोत्सव मनाउन गइरहेको विकास बैंकले सो अवसरमा काठमाडौंमा गरिमा रोड रेस कम्पिटिशन २०८१ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसँगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रकाशित समय ११:३४ बजे




















