1100×100 Nabil Advert

स्मार्टच्वाईस टेक्नोलोजिज र खल्तीबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज र भुक्तानी सेवा प्रदायक संस्था खल्तीबीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात खल्ती डिजिटल वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इएमभि स्टाण्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टाण्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।

खल्ती प्रालिको कार्यलयमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र खल्ती डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

स्मार्ट क्यूआर मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्यौट हुने भएकाले यस सेवाको सुरुवात पश्चात खल्ती डिजिटल वालेटका प्रयोगकर्तालगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।

प्रकाशित समय १४:५२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु