1100×100 Nabil Advert

नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीले समन्वयमा काम गर्ने

ललितपुर । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल एएसएनका अध्यक्ष प्रेक्षा माथेमाले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मकढङ्गले कार्य गरी बीमा क्षेत्रमा थप योगदान पुर्‍याउनका लागि आपसी समझदारी गर्ने लगायतका विषयहरु समेटिएका छन् ।

यसैगरी, प्राधिकरण र सोसाइटीको साझेदारीमा बीमा तथा बीमाङ्कीय विज्ञान सम्बन्धी अध्ययन एवम् अनुसन्धान सम्बन्धी कार्य गर्ने, यससम्बन्धी ज्ञानको आदान-प्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित हनुहुन्थ्यो ।

प्रकाशित समय १३:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु