1100×100 Nabil Advert

सेयर बजार पुनः २६ सय माथि, परिसूचक ११४ अंकले बढ्दा कारोबार रकम साढे ७ अर्ब माथि

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार परिसूचक ११४ दशमलव ७० अंकले बढेर २६२३ दशमलव ५६ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएक कम्पनी मध्ये २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । एक कम्पनीको भने स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १९ दशमलव ४६ अंकले बढेर ४७० दशमलव ८१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकको सेयर मूल्य बढेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिन ३ अर्ब भन्दा बढीको कारोबार भएको बजार आज ७ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर ९६ हजार ९०६ पटक खरिद बिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा २५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित समय १५:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु