1100×100 Nabil Advert

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कूल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले श्री लेकाली बसीफाँट माध्यमिक विद्यालय समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिकरुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल, बैंकका बागमति प्रदेश प्रमुख बिनोदकुमार ढुंगेल र बैंक तथा स्कूल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १७:४४ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु