1100×100 Nabil Advert

महालक्ष्मी साहित्य पुरस्कार मुना अर्याललाई प्रदान

काठमाडौं । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको छ ।

तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ वि.स.२०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभुमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।

मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा यस बैकका बागमती प्रदेश ‘ख’का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रुपमा प्रदान गर्नुभएको हो ।

यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

प्रकाशित समय २०:४६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु