1100×100 Nabil Advert

कुमारी बैंक भिजा इन्टरनेशनलद्वारा दुई विधामा सम्मानित

काठमाडौं । कुमारी बैंक भिजा इन्टरनेशनद्वारा ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनको आयोजना भएको थियो । सो आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा भिजा इन्टरनेशनलद्वारा कुमारी बैंक लिमिटेड लाई ‘एक्स्लेन्स इन कन्जुमर क्रेडिट कार्डस् विजनेश ’ र एक्स्लेन्स इन क्रस बोर्ड विजनेश’ अवार्डहरुले सुसम्मानित गरिएको छ ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैं आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १९:०६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु