1100×100 Nabil Advert

भारतीय राष्ट्रिय रक्षा महाविद्यालयका शिक्षार्थीहरुले गरे नेपालका गृहमन्त्रीसँग भेटघाट

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागुऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत शिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित समय २१:४८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु