1100×100 Nabil Advert

आर्थिक बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँगको भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने वताउनुभयो । महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ, उहाँले भन्नुभयो ।

यसैगरि निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह गर्नुभयो । यसैगरि सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको छ ।

यसैगरि निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानूनहरु बनेको तर्फ अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउनु हुँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गर्नुभयो । भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफुले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिनुभयो । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानून निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो । महासंघ कार्यसमितिले सोमबार मुख्य सचिव अर्यालसँग भेट गरेको हो ।

प्रकाशित समय १६:४२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु