1100×100 Nabil Advert

अर्थमन्त्रीले गरे नाडा अटो शोको अवलोकन

काठमाडौं । यस वर्षको नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी सधानहरुको प्रदर्शनीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका छन् । उक्त मेला ६ दिनसम्म चल्नेछ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले हरेक वर्ष ‘नाडा अटो शो’ आयोजना गर्दै आइरहेको छ । अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । आयोजकका अनुसार यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ । प्रदर्शनीमा २-पाङग्रे, ३-पाङग्रे, ४-पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको छ ।

अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी भएका छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गरेका छन् ।

प्रदर्शनीमा विभिन्न २४ वटा ब्राण्डका चार पांग्रे, १० ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गरिने ‘नाडा अटो शो’ समितिका संयोजक अनुपकुमार बरालले बताए । नाडा अटो शोमा सवारीसाधनसँगै विभिन्न ब्राण्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स, विभिन्न ब्राण्डका स्पेयर पार्ट्स, हेल्मेट, ग्यारेज र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहने छन् ।

यसवर्ष पनि नाडाले विद्युतीय सवारी साधानमा जोड दिएको छ । यस वर्षको ‘नाडा अटो शो’ मा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिने आयोजकले जनाएको छ । नाडाका अनुसार यस वर्ष करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्राण्डले सहभागिता जनाएका छन् ।
यस वर्षको नाडा अटो शोमा बिवाईडीको एम-सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट अवतार ११ प्रदर्शनीमा राख्न लागिएको छ । भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु नाडा अटो शोमा प्रदर्शनीमा राखिने भएको छ । गत वर्षको नाडा आटो शोमा पनि विद्युतीय सवारीले वर्चस्व राखेको थियो । नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटोशोले उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ ।

प्रकाशित समय १२:५४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु