महालक्ष्मी विकास बैंक अब आइएसओ प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम  मिति २०८१ साल श्रावण ३२ देखी लागू हुने गरी बैंक प्रमाणित हुन सकेको हो । बैंक अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको  र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।
अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टीलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तररुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् । यस प्रमाण पत्र प्राप्तिको लागि यस बैंकको निति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिटद्धारा गरिएको थियो ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

प्रकाशित समय १५:१८ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु