नमस्ते पे वालेटमा नबिल बैंक मार्फत् ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड जित्ने मौका
काठमाडौं । नमस्ते पेले नबिल बैंक मार्फत् नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्माट वाच र इयरपड जित्ने नयाँ अफर शुरु गरेको छ । यो अफर ७ भदौ २०८१ देखि २१ भदौ २०८१ सम्म मान्य हने छ । प्रयोगकर्ताहरुले आफ्ना नमस्ते पे वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत् ब्यालेन्स लोड गर्न सक्नेछन् साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टवाच र र दुई भाग्यशाली प्रयोगकर्ताहरुले इयरपड जित्न सक्नेछन् ।
यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरुले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरि अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्दछ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत् सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जस अनुरुप स्टार ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोग कर्ताहरुले अफलाइन सेवाहरुको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरु अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरुले (अफलाइन) सेवाहरु प्रयोग गर्न सक्दछन् ।
प्रकाशित समय १२:३६ बजे




















