1100×100 Nabil Advert

नेपाल टेलिकमको आम्दानीमा गिरावट

काठमाडौं । नेपाल टेलिकमको आम्दानीमा गिरावट भएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफा १६.४४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेर ३४ अर्ब ४६ करोड ११ लाख रुपैयाँ भएको छ ।

कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.३२ प्रतिशत घटेर ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ भने वित्तीय आम्दानी १६.६८ प्रतिशतले घटेर ६ अर्ब ४८ करोड १९ लाख रुपैयाँमा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ। चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ ।

प्रकाशित समय १०:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु