1100×100 Nabil Advert

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा नेपालको नियुक्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष पदमा रविन कुमार नेपाल नियुक्त हुनु भएको छ ।

अध्यक्ष नेपालले आज मात्रै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ लिनु भएको हो । उक्त शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका का.मु. कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका सञ्चालक समितिका सदस्यहरु र प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिंदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्यूआर , मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

अध्यक्ष नेपालले नेपाल ग्रीनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टड बैंक) बाट आफ्नो बैंकिङ्ग करियर सुरुवात गरि हिमालयन बैंक हुँदै लक्ष्मी सनराइज बैंकबाट अवकाश लिनु भएको हो । अध्यक्ष नेपालले यस अघि अर्को भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का संस्थापक सञ्चालक तथा दुई कार्यकाल सम्म अध्यक्षको भूमिका निर्वाह गरि सक्नु भएको छ । विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा लामो अनुभव भएका नेपाल डिजिटल भुक्तानीको क्षेत्रमा पनि लामो अनुभव रहको छ । ३ दशक लामो बैंक तथा वित्तिय संस्थाको अनुभव भएका नेपालको नेतृत्वमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड थप उचाइमा पुग्ने विश्वास रहेको छ ।

प्रकाशित समय १९:३१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु