1100×100 Nabil Advert

उद्योगमा विद्युत् लाइन जडान गर्ने निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको आजको बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय भएको राससलाई जानकारी दिनुभयो ।

प्राधिकरण सञ्चालक समितिले गरेको निर्णयमा भनिएको छ, “तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने निर्णय गरिएको छ ।”

विद्युत् काटिएका छ वटा उद्योगमा आज साँझबाट क्रमिक रुपमा लाइन जडान गरिने जनाइएको छ ।

उद्योगहरुले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो ।

प्रकाशित समय १८:४८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु