1100×100 Nabil Advert

सबैया साझेदारी वन अतिक्रमणमा

पर्सा । पर्साको सबडिभिजन वन कार्यालय सबैया मातहत पर्ने करिब ३५ हेक्टर वन अतिक्रमणमा परेको छ । पर्सागढी नगरपालिका-३ झाला टोलका स्थानीयले २० हेक्टर तथा वीरगञ्ज महानगरपालिका-३२ रामवनका बासिन्दाले १५ हेक्टर वन क्षेत्र कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसेका छन् ।

सबैया साझेदारी वन व्यवस्थापन समूहका पूर्वअध्यक्ष लखनलाल साहले सबैया साझेदारी वनअन्तर्गत दुई ठाउँमा वन अतिक्रमण गरिएको जानकारी दिनुभयो । सबडिभिजन कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा सर्वसाधारणले वन अतिक्रमण गरिरहेको उहाँको भनाइ छ । विगतमा यहाँ साझेदारी र सबडिभिजन कार्यालयले गस्ती गर्ने गरेको थियो ।

“आठ महिनादेखि साझेदारी वन व्यवस्थापन समूह नेतृत्वविहीन छ, अतिक्रमण रोक्न कतैबाट सहयोग मिलेको छैन्”, पूर्वअध्यक्ष साहले भन्नुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुुसालले वन अतिक्रम रोक्न पहल भइरहेको बताउनुभयो । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले सबै निकायसँग समन्वय गरेर वन अतिक्रमण हटाइने बताउनुभयो । यसअघि अतिक्रमणमा परेको ४७ हेक्टर वन खाली गराइएको थियो । उक्त वनमा खयर, मसला, टिक, सिमल, सिसो, जामुन, अम्रिसोलगायत प्रजातिको बिरुवा लगाइएको छ ।

अहिले कार्यालयसँग सात कर्मचारी छन् । उक्त सबडिभिजनअन्तर्गत तीन हजार एक सय ८८ दशमलव ६९ हेक्टर वन क्षेत्र पर्छ । पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वन क्षेत्र रहेको छ । साझेदारी वन व्यवस्थापन समूहभित्र वीरगन्ज महानगरपालिकाका ३२ वडामध्ये १९ र २७ बाहेकका ३० वडा तथा पर्सागढी नगरपालिकाको वडा नं ३ र ४ पर्दछ ।

प्रकाशित समय १०:५४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु