1100×100 Nabil Advert

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सकारात्मक : नाडा

काठमाडौं । नेपाल राष्ट्र बैकले जारी गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षालाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ । नाडाले विज्ञप्ति जारी गर्दै भनेको छ- उक्त त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरिनेछ समेत भनिएको छ । त्यसैगरी उक्त त्रैमासिक समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ भनिएको छ । त्यसैगररी सो समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असलवर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ भनिएको छ, जुन ज्यादै सकारात्मक छन् ।

नाडाले विज्ञप्तिमार्फत् भनेको छ- तथापी नाडाले नेपालको अटोमोवाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न महत्वपूर्ण निम्न नीतिगत सुझावहरु पनि दिएको थियो । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सिमा तोकिएको छ, जसले गर्दा अटोमोवाइल व्यवसाय गम्भीररुपले प्रभावित बनेकोले लोन टु भ्यालु ५० प्रतिशत बढाएर ७५ प्रतिशत पु¥याउनु पर्ने । नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरुलाई स्पष्टरुपमा छट्याई सोही अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनुपर्ने । घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात् दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने । सवारी साधनको लागि आफै प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १० प्रतिशत धरौटी रकम लिएरमात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरुलाई नै प्रदान गरिनुपर्ने भनि नाडाले दिएका सुझावहरुका विषयहरुमा भने उक्त समिक्षामा कुनै सम्बोधन गरिएको छैन । नेपाल राष्ट्र बैंकले ल्याएका यी आंशिक सुधारहरु निश्चय नै सकारात्मक छन् र नाडाले दिएको उक्त सुझावहरु पनि आउँदा दिनहरुमा नेपाल राष्ट्र बैंकबाट सम्बोधन हुँदै जानेछ भन्ने विषयमा सम्पूर्ण अटोमोवाइल व्यवसायीहरु विश्वस्त रहेका छन् ।

प्रकाशित समय ०९:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु