पाँच जनामध्ये धितोपत्र बोर्डको अध्यक्षमा कसले बाजी मार्लान् ?
काठमाडौं । रमेशकुमार हमालको कार्यकाल समाप्त भएपछि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आह्वान गरिएकोमा आवेदन दिएका १९ मध्ये पाँच जनाको नाम ‘सर्टलिष्ट’मा छनौट भएको छ । यसरी छनौट हुनेहरुमा नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र डा. विमलकुमार तिवारी रहेका छन् । सर्टलिष्टमा परेकाहरुको आगामी साता अन्तर्वार्ता र प्रस्तुतीकरण हुनेछ ।
बोर्डको अध्यक्षका पदका लागि आवेदन दिनेहरुमा चिरञ्जीवी चापागाईं, डा. नबराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, कृष्ण पोखरेल, कृष्णबहादुर अधिकारी, कृष्णबहादुर कार्की, प्रबिण पन्दाक, सन्तोष नारायण श्रेष्ठ, डा. गोपालप्रसाद भट्ट, निरज गिरि, डा. रघुराज काफ्ले, डा. केशवप्रसाद श्रेष्ठ, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल र मुक्ति अर्याल थिए ।
बोर्ड अध्यक्षको नियुक्तिको सिफारिशका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव र विज्ञ सदस्य उदय निरौला रहेको तीन सदस्यीय सिफारिस समिति बनाइएको छ । समितिले सर्टलिष्टमा परेका पाँचजनामध्ये तीन जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनौट गरेर सरकारलाई अध्यक्ष नियुक्तिका लागि सिफारिश गर्नेछ । तीन जनामध्येबाटै सरकारले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ । पाँचजनामध्ये अध्यक्षमा कसले बाजी मार्लान्, त्यो हेर्न भने केही दिन कुर्नैपर्ने भएको छ ।
प्रकाशित समय १२:५८ बजे




















