1100×100 Nabil Advert

बैंकहरु लगानी गर्न तयारी अवस्थामा छन् : अध्यक्ष केसी

काठमाडौं । नेपालका बैंकहरु लगानी गर्न तयारी अवस्थामा रहेका नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले आज आयोजना गरेको सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा अध्यक्ष केसीले सो कुरा बताएका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका केसीले बैंकहरुसँग अहिले ५०० अर्ब बढी लगानीयोग्य रकम रहेको र आर्थिक गतिविधि बढाउने गरी सरकारले वातावरण तयार गरे आफूहरु लगानीका लागि तयारी अवस्थामा रहेको प्रष्ट पारेका हुन् । उनले बैंकहरुले उत्पादनमूलक क्षेत्रमा ऋण प्रवाहका लागि माग भएमा तयारी अवस्थामा रहेको समेत बताए ।

देशभरका ७५३ मध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा खोलेर कारोबार गरिरहेको जानकारी दिंदै उनले सरकारबाट अपेक्षाकृत सहयोग नभएको बताए । उनले बिजनेश नै नहुने ठाउँमा शाखा खोल्न लगाएर अहिले सरकारले भद्र सहमतिमा गरिएका सुविधाहरु खोसेकोमा असन्तुष्टिसमेत व्यक्त गरे । सरकारले कतिपय नीतिहरु निर्माण गर्दा, पूर्व निर्णयहरु परिवर्तन गर्दा आफूहरुसँग छलफल नगरेको, विगतमा गरिएका प्रतिबद्धता थाहै नदिई खारेज गरेर भद्र सहमतिहरु समेत सरकारले तोड्दै गएकोमा चिन्ता व्यक्त गरे ।

बैंकर्स संघका कार्यकारी सदस्य एवं राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालका बैंकहरु अत्यन्तै सुरक्षित र सबल रहेको बताए ।

प्रकाशित समय २२:०७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु