1100×100 Nabil Advert

सलिकोद्वारा चितवनमा प्रशिक्षण कार्यक्रमको आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बिभिन्न शाखा कार्यालमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धिको लागि चैत्र ९ र १० गते ५० जनाभन्दा बढी कर्मचारीहरुको सहभागितामा चितवन जिल्लास्थित सौराहमा दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिलाई मध्यनजर राख्दै प्रशिक्षण कार्यक्रम संचालन गरेको जनाएको छ । उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटीका साथै केन्द्रिय कार्यालबाट प्रशिक्षणको लागि जानु भएका प्रशिक्षकहरुले मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवालगायतका बिषयहरुमा प्रस्तुतिकरण दिनु भएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रमबाट कर्मचारीहरुमा नविन ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जरसँगै कम्पनीले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार बिस्तारमा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरुकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीलाई पनि उतिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको जनाएको छ ।

प्रकाशित समय १८:११ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु