भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा हिमालयन बैंक सम्मानित
काठमाडौं । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एसपे्रस, जेसिबी, मास्टरकार्ड, युनियनपे एवं भिसा स्वीकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले ‘एक्सलेन्स इन पोस अक्वाइरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्जुमर कार्डस्–प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ । भिसाद्वारा आयोजित एक समारोहका बीच प्रमुख अतिथि डिपुटी गभर्नर बमबहादुर मिश्र, नेपालका लागि भिस का प्रतिनिधि वासु सौम्यलगायत अन्य विशिष्ट अतिथिहरुका उपस्थितिमा बैंकलाई दुवै अवार्ड प्रदान गरी सम्मान गरिएको थियो । बैंकले विगतका वर्षहरुदेखि नै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ ।
हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पोस तथा इ–कमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आइरहेको छ ।
सो अवसरमा बैंकले आफ्ना विशिष्टिकृत सेवामाहरुमा आवद्द भई कार्य अक्वाइरिङ बिजनेस गरिरहनुभएका गरिरहनुभएका मर्चेन्ट, शुभेच्छुक एवं ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले डिनर्स-डिस्कभर तथा रुपे ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न शुरु गरेको छ । हाल बैंकको २७० वटा एटिएम, ६५ सयभन्दा बढी पोस तथा करिब ८ सय इ–कमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय २०:३७ बजे





















