1100×100 Nabil Advert

ग्लोबल मोशन पिक्चर्स अवार्ड २०२३ मा जुनसुकै ठाउँबाट भाग लिन सकिने

काठमाडौं । ग्लोबल एक्ट्रस फेरेडेसन (विश्व कलाकार महासंघ)ले वार्षिकरुपमा विदेशी भूमिमा आयोजना गर्दै आएको ग्लोबल मोसन पिक्चर्स अवार्ड तथा बृहत सम्मान कार्यक्रम आयोजनाको आवेदन फाराम खुलेको छ । गत वर्ष एसिएन मुलुक जापानमा सम्पन्न गरेको २०२३ को संस्करणले हङकङलाइ रोजेको छ । संस्थाका अध्यक्ष रामबहादुर सुवेदी (आरके)को अध्यक्षतामा बसेको कार्यसमितिको नियमित बैठकले यो वर्षको संस्करण हङकङ शहर रोजेको हो ।

यो भन्दा अगाडि युएई, सिंगापुर, युके, मलेसिया, फुकेट, बैकक आयोजनापछि ग्लोबल मोसन पिक्चर्स अवार्ड टोली यो वर्ष हङकङ जाने भएको छ । अंग्रेजी नयाँ वर्षपछि वर्षसमीक्षाको अवसर पारेर संसारको जुनसुकै ठाउँमा बसेर देश समाजको खातिर निरन्तर लामो यात्रा तय गर्ने हरेक क्षेत्रमा इमान्दारीपूर्वक लामो यात्रा तय गर्ने संघ, संस्था, व्यापारी, बुद्धिजिवी, सामाजिक अभियान्ता, कलाकार, साहित्यकार खेल खेलाडी, अर्थ, पत्रकार, साहित्यकार, राजनेतालगायत थुप्रै राष्ट्रिय स्रस्टाहरुलाई वार्षिकरुपमा निस्वार्थ सम्मान गरिने ग्लोबल मोशन पिक्चर्स अवार्ड हङकङ संस्करणमा यो वर्ष सयभन्दा बढी स्रस्टाहरु सम्मानित हुने भएका छन् । हरेक विधाको उत्कृष्ट एक गरी ३५ जना भाग्यमानीले ग्लोबल मोशन पिक्चर्स अवार्ड उचाल्ल्ने भएको छन् ।

नेपालबाटै सम्पूर्ण तयारीसहित फागुन २६ गते अपरान्ह ४ बजे जम्बो टोली हङकङ प्रस्थान गर्ने भएको छ । ४ रात ५ दिनको चाइनाको ग्रेटवालको भ्रमणसहितको कार्यतालिका रहेको ग्लोबल एक्टर्स फेडेरेसन (विश्व कलाकार महासंघ) को उक्त कार्यक्रममा ३५ विधामा अवार्ड आयोजना सँगै खुल्ला रमाइलो फुटबल प्रतियोगिता, बृहत् सम्मान कार्यक्रम, विभिन्न पर्यटन स्थलमा घुमघाम हुनुको साथै भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन्, विश्वकै सुन्दर देश नेपाल भ्रमण गरौं भन्ने अन्तर्राष्ट्रिय सन्देशसहित टोली हङकङको सबै प्रान्त परिक्रमा गर्दै अवार्ड टोली विभिन्न शहर अवलोकन गरी ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

आयोजक टोली भने त्यहीबाट जापान पुग्ने र उक्त देशमा पनि मैत्रीपूर्ण रमाइलो फुटबल कार्यक्रम सहभागी जनाउने छ । विश्वको जुनसुकै देश तथा नेपालकै जुनसुकै स्थानबाट आफूलाई इच्छुक लागेमा अवार्डमा सजिलै स्वस्फूर्त सहभागी जनाउन सकिने छ । अवार्ड सहभागी सम्मानको विधाहरु यस्तो रहेको छ– उत्कृष्ट निर्माण व्यवसायी, उत्कृष्ट बैकिङ कारोबार, उत्कृष्ट सहकारी संस्था, उत्कृष्ट हेल्थ क्लिनिक संस्था, उत्कृष्ट रास्ट्रको हस्पिटल, उत्कृष्ट स्वस्थ्यकर्मी, उत्कृष्ट नर्स, उत्कृष्ट अस्पताल, उत्कृष्ट लोकगित, उत्कृष्ट लोक गायक, उत्कृष्ट लोक गायिका, उत्कृष्ट लोकदोहोरी मोडल, उत्कृष्ट लिकदोहोरी संगीतकार, उत्कृष्ट लोकदोहोरी गीतकार, उत्कृष्ट कानून व्यवसायी, उत्कृष्ट फुटबल खेलाडी, उत्कृष्ट फुटबल क्लब, उत्कृष्ट फुटसल सञ्चालन, उत्कृष्ट क्रिकेट खेलाडी, उत्कृष्ट सञ्चारमाध्यम, उत्कृष्ट साहित्यकार, उत्कृष्ट पत्रकार, उत्कृष्ट युटुवर, उत्कृष्ट सामाजिक अभियन्ता, उत्कृष्ट मोडल महिला, उत्कृष्ट मोडल पुरुष, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट गीतकार, उत्कृष्ट म्युजिक स्टुडियो, उत्कृष्ट म्युजिक भिडियो, उत्कृष्ट कृषक, उत्कृष्ट वैदेशिक रोगदार व्यवसायी, उत्कृष्ट कन्सलटेन्सी सञ्चालन, उत्कृष्ट यातायात व्यवसायी, उत्कृष्ट होटल व्यवसायी, उत्कृष्ट रेष्टुरेण्ट व्यवसायी, उत्कृष्ट रिसोर्ट व्यवसायी, उत्कृष्ट उद्योग, उद्योगपति, उत्कृष्ट शिक्षण संस्था, उत्कृष्ट यातायात व्यवसायी, उत्कृष्ट निजी कार्यालय, उत्कृष्ट सरकारी कार्यालय, उत्कृष्ट चलचित्र निर्माता, उत्कृष्ट नवनिर्माता, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट चलचित्र वितरक, उत्कृष्ट डिजिटल कारोबार, उत्कृष्ट चलचित्र निर्देशक, उत्कृष्ट वैवसिरिज, उत्कृष्ट टेलिफिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट नाटक, उत्कृष्ट पर्यटन व्यवासायी, उत्कृष्ट एयरलाइन्स सञ्चालक, उत्कृष्ट वडा अध्यक्ष, उत्कृष्ट युवा नेता, उत्कृष्ट सांसद, उत्कृष्ट मन्त्री, उत्कृष्ट मेयर, उत्कृष्ट मुख्यमन्त्री, उत्कृष्ट राजनेता, उत्कृष्ट राष्ट्रिय व्यक्तित्व ।

माथिका विधामा आफ्नो सरोकार रहेको, आफूले काम गरेको भूमिकामा फाराम भर्न सकिने छ । संस्था तथा व्यक्तिले आफ्नो नाम र कार्य गरेको विवरण आयोजक संस्था ग्लोबल एक्टर्स फेडेरेसनको अफिसियली खाता ग्लोबल आई.एम.ई. बैंकको खाता नं. ३९०१०१००००५०६ मा तथा इसेवा न ९८४०२७०८१७ दर्ता दर्ता शुल्क रु. २,००० (दुई हजार मात्र) जम्मा गरी जुरी समूहको र आयोजकको निर्णय नै अन्तिम निर्णय स्वीकार गर्ने मञ्जुरीका साथ अवार्ड तथा बृहत ग्लोबल मोशन पिक्चर्स अवार्डमा सहभागिता जनाउन सकिने प्रावधान रहेको छ ।

जुनसुकै ठाउँबाट पनि सजिलै सहभागिता जनाउन सकिने अवार्ड फाराम र दस्तुर रसिद हट्सएप ह्वाटस्एप ९८५१०१८४०१ तथा boxofficefilmaward2009@gmail.com मा इमेल गरि पठाउन सकिन्छ । अवार्डको उत्कृष्ट ३ को नोमिनेसन फागुन २० गते राजधानीमा एक सार्वजनिक कार्यक्रम आयोजना गरी प्रमाणपत्र वितरण गरिने छ भन्ने भोटिङ पौष २४ गतेसम्म खुला गरिनेछ । यो अवार्ड बहुआयामिक अवार्ड कार्यक्रम हो । देश समाजलाई सकारात्मक सोचाईले अगाडि बडाउने सर्जकहरुलाई हरेक वर्ष निस्वार्थ निर्वाध सामूहिक मूल्यांकनको आधारमा अन्तराष्ट्रियस्तरमा इन्करेज गर्ने निस्वार्थ मूल्यांकन गर्नु संस्थाको मुख्य जोड रहेको छ । आयोजक संस्था पनि अन्तर्राष्ट्रिय मान्यता र उसको उद्देश्य पनि अन्तर्राष्ट्रिय स्तरको भएकोले आफ्नो विधानमै विविध उद्देश्यमा अवार्ड आयोजना कार्यक्रमलाई पनि मुख्य उद्देश्य बनाएको सबैमा जानकारी गराएको छ आयोजक संस्थाले ।

ग्लोबल मोसन पिक्चर्स अवार्ड अध्यक्षता नेशनल बक्स अफिस फिल्म फियर अवार्ड, बल्क बस्टर फिल्म अवार्ड, पृथ्वी परिक्रमा नगरिक सम्मान, नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड र नेसनल हिरो अवार्ड तथा अवार्ड आयोजना गरेरै गिनिज बुक अफ द वल्ड रेकर्ड कायम गरेका पत्रकार रामबहादुर सुवेदी (आरके)ले गरेका छन् । उनले विश्वमै पहिलो पटक समुन्द्रमुनि, समुन्द्रमाथि उडिरहेको हवाइजहाज, पानी जहाज र विश्वको सर्वोच्च शिखर सगरमाथामा आधार शिविरबाट विभिन्न अवार्ड गरी गिनिज बुक अफ द वल्ड रेकर्ड कायम गरी हाल अवार्ड आयोजना गरेरै पृथ्वीको परिक्रमा गर्ने लक्ष्य लाखेका छन् । अवार्डमा कुनै आर्थिक चलखेल, सोसफोर्स, नातावाद, कृपावाद निषेध रहेको अध्यक्ष सुवेदीले बताएका छन् ।

प्रकाशित समय ०९:१० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु