आचार्य, श्रेष्ठ र रोकाया पुरस्कृत
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सवका अवसरमा तीन जना सञ्चारकर्मीहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा एक लाख राशिसहित ‘शारदादेवी ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’बाट रातोपाटीका प्रयास श्रेष्ठ छन् भने जनही ५० हजार राशिको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिकता पुरस्कार केटीएम भ्वाइस डटकमका रोयल आचार्य र सिबिफिन–नाफिज आर्थिक पुरस्कार विकासन्युज डटकमका सन्तोष रोकाया रहेका छन् । पुरस्कृत आचार्य आर्थिक मिडिया सञ्चालक संघ (इमान)का अध्यक्षसमेत हुन् ।
प्रकाशित समय १५:१४ बजे





















