1100×100 Nabil Advert

अर्थमन्त्री महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरीबीच भेट

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच मंगलबार लण्डनस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ । नेपाल र बेलायतवीचको द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा दूइ मन्त्रीले छलफल गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

आनमेरीसँगको भेटका क्रममा मन्त्री महतले विशेषगरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि वेलायतको परराष्ट्र मन्त्रालयको सहयोगको आवश्यकता रहेको औंल्याउँदै त्यसका लागि आग्रह गरेका छन् ।

कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण बढेसँगै लगानीयोग्य पुँजीमा आएको कमी रहेको बताउँदै उनले बेलायतले हरित उर्जाको क्षेत्रमा गर्दै आएको लगानी वृद्धि हुने अपेक्षा गरेको सचिवालयले जनाएको छ । साथै, नेपालको सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतलाई लगानी गर्न समेत आग्रह गरेका छन् ।

मन्त्री महतले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरण गर्न बेलायतको साथ आवश्यक रहेको र भूतपूर्व गोर्खाहरुको सम्बोधन गर्न बाँकी मागहरुको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानको ध्यानाकर्षण गराएका थिए ।

परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले बेलायतबाट नेपालमा प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गरेकी छन् ।

प्रकाशित समय १२:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु