बिन्ध्यबासिनी प्राकृतिक चिकित्सालयलाई सलिकोद्वारा पाँच लाख आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । ‘विश्वासको सम्बन्ध, एकताको प्रतीक’ आदर्श बोकेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले पोखरा महानगरपालिका–१ मा निर्माणाधीन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको छ ।
सलिकोले सामाजिक कार्यको लागि यति ठूलो धनरासी सहयोग गरेबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुर्याउनसमेत लागि परेको छ । व्यवसायिक सामाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारणजस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुर्याएको कार्य आफैंमा सराहनीय देखिन्छ ।
प्रकाशित समय २१:४५ बजे






















