ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेद्वारी घोषणा
काठमाडौं । व्यवसायी विश्वराज बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघको ४४ औं अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वार घोषणा गरेका छन् । मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी बज्राचार्यको प्यानलले असोज १९ र २० गते हुन लागेको निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेको हो ।
‘सम्मानजनक उद्योग र व्यापार, ललितपुर उद्योग वाणिज्य संघको मूलआधार’ भन्ने नारा बोकेर सात सदस्यीय प्यानलको घोषणा गरिएको छ । बज्राचार्यको प्यानलले पारदर्शीता, नेतृत्वको विकास, सान्दर्भिकता र निरन्तरतालाई चार खम्बे अवधारणाको रुपमा अघि सारेर १५ बूँदे घोषणा पत्र जारी गरेको छ ।
उद्योग व्यवसायीहरुको मागहरुमा कानूनी व्यवस्थालाई पुर्णता दिन सधंै शसक्त वकालत गर्ने संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने, नीति, नियम, ऐन, कानूनलाई व्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने, संस्थागत सुशासनमा जोड दिने, औद्योगिक र वाणिज्य संघ–संस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रवद्र्धन गर्नेदेखि उत्पादनलाई ब्राण्डिङ गर्ने कपि राईट अवधारणालाई साकार बनाउने जस्ता विषयलाई घोषणा पत्रमा समेटेको छ ।
प्रकाशित समय २१:२६ बजे





















