तीज पर्व धुमधाम साथ मनाइदैं, साँझ ५ बजेसम्म करिब पौने तीन लाखले गरे पशुपति दर्शन
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज तिर्थालुहरुले देवादिदेव महादेवको पूजा आराधना मनाइरहेका छन् । पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न महादेव मन्दिरमा दर्शनार्थीको ठुलो भिड छ । काठमाडौंको पशुपति, डोलेश्वर, कुम्भेश्वर, भालेश्वर लगायतका महादेव मन्दिर उपत्यका बाहिरका विभिन्न मन्दिरमा दर्शनार्थीले पुजा गरी नाचगान गरिरहेका छन् ।
यसैबीच काठमाडौंको पशुपति नाथमा आज अपरान्ह पाँचबजेसम्म झण्डै पौने तीन लाख दर्शनार्थिले मन्दिर प्रवेश गरेर दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले, भने ‘ अपरान्ह पाँच बजेसम्म करिब पौने ३ लाखले दर्शन गरेका छन् । अब बेलुका ९ बजेसम्म तीन लाखले दर्शन गर्ने अपेक्षा छ ।’
पशुपति दर्शनका हिसावले अहिले सम्मकै व्यवस्थित तीज पर्वको रुपमा दर्शनार्थीले व्याख्या गरेको उनको दाबी छ । भाद्र शुक्ल तृतीया वा आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
प्रकाशित समय १८:३७ बजे






















