1100×100 Nabil Advert

नाडा अटो शोमा पाँचसयभन्दा धेरै टाटा टियागो इभीको बुकिङ्ग

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् । विशेषतः शुरुवाती मूल्य रु २१.९९ लाखमा नेपाली बजारमा सार्वजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५ सयभन्दा धेरै बुकिङ्ग भएको कम्पनीले जनाएको छ । साथै नाडा अटो शोमा नै लञ्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्ग पनि उल्लेखनीय रहेको छ ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति भन्छन्– ‘नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप उर्जा थपि दिनुभएको छ । साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासोमात्र नभएर बुकिङ्ग पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौं र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ संकल्प लिएका छौं । नाडा अटो शो २०२३ मा टाटा मोटर्सको स्टलमा आएर हाम्रो आत्मविश्वास बढाई दिनु भएको सम्पूर्ण ग्राहकवर्ग, मिडियाकर्मी र आयोजक सबैजनालाई विशेष धन्यवाद दिन चाहँन्छौं ।’

टाटाका गाडीहरु उत्कृष्ट विशेषतायुक्त रहेका छन । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य विशेषताहरु रहेका छन । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायिता रहेका छन् । क्रुज कन्ट्रोलसहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् ।

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् ।

त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नयाँ युग सुहाउँदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभीरुपमा पनि परिचित छ ।

प्रकाशित समय १३:०५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु