1100×100 Nabil Advert

नेसपाका अध्यक्ष डा.भट्टराई भारत प्रस्थान गर्दै

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्दैछन् ।

नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपाल-भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

उनको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चण्डीगढमा केन्द्रीत हुनेछ । उनी असोज ५ गते स्वदेश फर्कनेछन् ।

प्रकाशित समय ०९:०९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु