1100×100 Nabil Advert

बाल दिवसको शुभकामना दिंदै ओलीले भने, ‘मलाई बालबालिका प्यारा लाग्छन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् । समाजिक सञ्जालमार्फत् शुक्रबार उनले सबै बालबालिकालाई उज्वल भविष्यको कामना भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

उनले लेखेका छन् ‘म कहिलेकाहीं सोच्छु-बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् ! अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु । म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ । यिनीहरुसँग लामो समय छ । हरेकलाई भविष्य प्यारो हुने भएर हुनसक्छ- मलाई बालबालिका प्यारा लाग्छन् । आज बाल दिवस सबै–सबै बालबालिकालाई उज्वल भविष्यको कामना !’

प्रकाशित समय ११:४२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु