1100×100 Nabil Advert

कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । शुक्रवार अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि बस्न लागिएको बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भएको थियो । समितिका उपसचिव सविता शर्माको अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ ।

प्रकाशित समय १३:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु