1100×100 Nabil Advert

भेस्पाको नयाँ शोरुम कान्तिपथमा

काठमाडौं । भेस्पा–अप्रिल्लियाको नयाँ शोरुम अब कान्तिपथमा खुलेको छ । भेस्पा–अप्रिल्लियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले साउन ८ गते आफ्नो नयाँ भेस्पा–अप्रिल्लियाको शोरुम र भेस्पा–अप्रिल्लिया इण्डियनका कन्ट्री हेड भानुप्रकाश सुधबाट उद्घाटन गरियो । अटो डेल्टा प्रालिका म्यानेजिङ डिरेक्टर पुल्कित भिमसरिया, प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोको उपस्थितिमा आजबाट कान्तिपथ शोरुम सञ्चालनमा ल्याएको छ । यसैगरी डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्ना ग्राहकहरुलाई सरल गराउन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराए ।

डेल्टा अटोकर्पले आफ्नो सेवाहरु नेपालको विभिन्न ठाउँहरूमा सञ्चालन गरिएको जानकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले गराउनु भएको छ । डेल्टा अटोकर्पका मार्केटिङका अनिष खड्काले आगामी दिनहरुमा विभिन्न राइडहरुका साथै सर्भिस क्याम्पहरु गराउने जानकारी गराए । डेल्टा अटोकर्पले आफ्नो नयाँ शोरुमहरु काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा र काठमाडौं उपत्यकाबाहिर ५० भन्दा बढी विभिन्न ठाउँहरुमा आफ्नो सेवा सुविधाहरु प्रदान गराउँदै आइरहेको जानकारी दिएको छ ।

प्रकाशित समय २१:१२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु