1100×100 Nabil Advert

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार अपरान्ह इटाली प्रस्थान गरेका हुन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गंगा दाहाल, आयोगका सहसचिव सुमन दाहाल पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिकरुपमा आफ्नो धारणा राख्नु हुनेछ । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुका साथै सोही विद्यालय भोजनको एजेन्डा रहेको छुट्टै सत्रलाई समेत सम्बोधन गर्नु हुनेछ । त्यस्तै उहाँले मङ्गलबार खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित समय २०:०६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु