1100×100 Nabil Advert

दुई लाख राशिसहितको हेमबहादुर मल्ल सम्मान आचार्य र प्रधानलाई प्रदान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ क्रमशः गोरक्ष बहादुर न्हुछे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गर्नुभएको छ । जन प्रशासन संघ (पान) र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा बुधबार संयुक्त रुपमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान २०७७ एवं २०७८’ सम्मान समर्पण कार्यक्रममाझ प्रधान र आचार्यलाई जनही दुई लाख राशीसहित विभूषित गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले प्रधान र आचार्यले जनप्रशासनको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै हेमबहादुर मल्ल सम्मानका लागि छनौट भई सम्मानित हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जनप्रशासन संघ, हेमबहादुर मल्ल र उहाँको स्मरणमा दिइने सम्मान एवम् हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ बाट विभूषित हुनुहुने व्यक्तित्वबारे प्रकाश पार्दै दुई लाख राशीसहितको उक्त सम्मानले नेपालको जनप्रशासन क्षेत्रमा क्रियाशील सकल परिवारलाई प्रेरणा मिल्दै आएको बताउनुभयो ।

यसअघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चाँदनी जोशी, भगवान कोइराला, डा.विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा.सन्दुक रूइत, डा.गौरीशंकरलाल दास, सूर्यनाथ उपाध्याय भइसक्नुभएको छ ।

प्रकाशित समय २२:२१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु