1100×100 Nabil Advert

जुत्ता चप्पलका कच्चापदार्थको महसुल ३० बाट घटाएर १५ प्रतिशतमात्र

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तयारी जुत्तामा ४० प्रतिशत तर पार्टसमा कम दर भएको कारण सबै जुत्ता पार्टसको रुपमा पैठारी हुने प्रवृत्ति देखिएकोले तयारी जुत्ता र पार्टसको महसुल दरको अन्तर कम गरिएको प्रष्ट पारेका छन् ।

आगामी वर्षको बजेटमा उठेका प्रश्नको संसद्मा जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले बास्तविक जुत्ता तथा चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा ३० प्रतिशत महसुल लाग्ने व्यवस्था रहेकोमा सो व्यवस्थालाई घटाई १५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको पनि बताए ।
कच्चा पदार्थको आयात महसुल घटाउँदा स्वदेशी जुत्ता चप्पल उत्पादक उद्योगले विदेशी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्नसक्ने र गुणस्तरीय जुत्ता चप्पल उत्पादन गर्न सक्ने अर्थमन्त्री महतको विश्वास छ ।

प्रकाशित समय १८:४४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु