1100×100 Nabil Advert

मैले पारदर्शी ढंगबाट काम गरेको छु : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले इमान्दार भएर काम गर्दा पनि आफूमाथि प्रश्न उठाइएको दाबी गरेका छन् । बजेट निर्माणका क्रममा विचौलिया छिराएको आरोपबारे सदनलाई जवाफ दिने क्रममा उनले आफूले इमान्दार भएर राष्ट्रको पक्षमा काम गरेको तर एउटा संचार माध्यमले लेख्ने साथ सत्य ठानेर आफूमाथि प्रहार भएको जिकिर गरे ।

उनले भने ‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ । इमान्दार हुँदा खेरी प्रश्न माथि प्रश्न उठ्ने रहेछ । एउटा पत्रिकाले पटक–पटक दोहो¥याउँछ र त्यसैलाई हामी सत्य ठान्छौं । त्यसको यथार्थलाई बुझ्न चाहादैनौं । मैले पारदर्शी ढंगबाट काम गरेको छु । कुनै पनि प्रभावबाट मैले काम गरेको छैन् । यो पद र जिम्मेवारिमा रहेसम्म पूर्णरुपमा आफ्नो जिम्मेवारी बहन गर्ने छु ।’

प्रकाशित समय १५:०७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु