1100×100 Nabil Advert

मधेशमा बीमाको पहुँच बढाउने उपाय लगाउँदै नेपाल बीमा प्राधिकरण

काठमाडौं । नेपालमा जनसंख्याको हिसाबले धेरै चाप रहेको मधेश प्रदेशका बीमाको पहुँच भने एकदमै कम छ । त्यसलाई बृद्धि गर्नका लागि विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेको छ । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयद्वारा मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका जीवन तथा निर्जीवन बीमा अभिकर्ताहरुसँग यही वैशाख १९ गते वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा अभिकर्ताहरुले बीमा गर्न चाहने व्यक्तिको आवश्यकता र आर्थिक अवस्थाका बारेमा बुझेर बीमा गर्नुपर्ने बताउनुभयो । उहाँले बीमालेखका शर्त तथा सुविधाका बारेमा अनिवार्यरुपमा बीमितलाई जानकारी गराउन, वित्तीय तथा मेडिकल जोखिमाङ्कन राम्रो गर्न र बीमा अभिकर्ताको पेशालाई मर्यादित बनाउँदै अगाडि बढ्न निर्देशन दिनुभयो ।

कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुले बीमितले बीमा सम्बन्धी गलत कार्य गरेमा हुने दण्ड सजायँका बारेमा बीमालेखमा नै उल्लेख हुनुपर्ने, बीमा अभिकर्ताहरुको दुर्घटना बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा अभिकर्तालाई आभारभूत सुविधा उपलब्ध गराउनुपर्ने, तालिमको व्यवस्था हुनुपर्ने लगायतका धारणा राख्नुभएको थियो । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले कार्यक्रम संचालन र स्वागत सहायक निर्देशक अनिश तिमिल्सिनाले गर्नुभएको थियो ।

प्रकाशित समय १४:४८ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु