1100×100 Nabil Advert

ताप्लेजुङमा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा बीमालाई समावेश गरी सबै नगरवासीको दुर्घटना बीमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

प्रमुख मादेनले सरकारबाट अनुदानप्राप्त कृषिबीमा गर्नका लागि नगररपालिका क्षेत्रमा बीमा कम्पनीको शाखा कार्यालय खोल्ने व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गर्नुभयो । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख कुन्दन सापकोटाले बीमा सम्बन्धी समग्र विषयमा जानकारीमूलक प्रस्तुती गर्नुभयो ।

 

कार्यक्रममा सहभागीहरुले बीमा गर्न सहज भए जस्तै दाबी भुक्तानी सहज नभएको, बीमा गरिएका कृषिबाली असिनाका कारणले क्षति हुँदा समेत दाबी भुक्तानी नपाएको, कृषिबीमाका लागि प्राधिकरणले तोकेको बीमा कम्पनीले शाखा कार्यालय समेत स्थापना नगरेको लगायतका गुनासा गर्नुभएको थियो । कार्यक्रममा फुङलिङ नगरपालिकाका उपप्रमुख भीमा देवी ओझा, वडा अध्यक्ष तथा कार्यकारी सदस्य, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायत कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख–प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय १४:२० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु