1100×100 Nabil Advert

मिस नेवाः सविनाले बालबालिकालाई दिइन् जन्मदिनमा शैक्षिक सामग्री

काठमाडौं । मिस नेवाः नेपाल सविना बज्राचार्यले बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेर आफ्नो जन्म दिन मनाएकी छन् । बज्राचार्यले आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा एकता फाउन्डेसन नेपालका ५० जना दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाएकी हुन् ।

कार्यक्रममा मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमेकी अध्यक्ष हेमा मानन्धर, लायन्स क्लब अफ डिस्ट्रीकका जोन चियर पर्सन अशोक कुमार श्रेष्ठ, मिस नेवाः नितु डंगोल, मिस नेवाः कृषा महर्जन, मिस नेवाः सलिना महर्जन, मिस नेवाः प्रिया तण्डुकार, प्रदिका महर्जन, समाज सेवी सुर बहादुर श्रेष्ठ, समाज सेवी अनु उर्मिला शेरचनलगायत सहभागी थिए ।

बज्राचार्यले फजुल खर्च गरेर जन्म दिन मनाउनुको साटो बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेर जन्म दिन मनाउँदा भिन्दै आनन्द प्राप्त भएको बताइन्।

प्रकाशित समय २०:५५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु