1100×100 Nabil Advert

बिओके क्यापिटल मार्केट लिमिटेडको छैठौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाले आ.ब. २०७७/७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजी २१ करोड रुपैयाँको १८ प्रतिशतका दरले हुने रकम ३ करोड ७८ लाख रुपैयाँ नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै उक्त साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौं महानगरपालिका–१ नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।

उक्त साधारण सभा समारोहमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिका अध्यक्ष मिश्रले यस क्यापिटल मार्केटको उद्देश्य प्राप्तिका लागि सहयोग पु¥याउनु हुने आदरणीय शेयरधनीहरु, ग्राहकहरु तथा नेपाल सरकारको सम्बन्धित निकायलगायत नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडियस एण्ड क्लियरीङ्ग लिमिटेडप्रति सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडले ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु दिंदै आइरहेको छ र भविष्यमा प्रविधिहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको जनाएको छ ।

प्रकाशित समय १७:०३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु