1100×100 Nabil Advert

बिओकेको संस्थागत ग्राहकका लागि उच्चस्तरको परिमार्जित इन्टरनेट बैकिङ सेवा बिओके क्लिक

काठमाडौं । बैक अफ काठमाण्डू (बिओके)ले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको इन्टरनेट बैकिङ सेवा ‘बिओके क्लिक’को स्तरोन्ति गरेर विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थप गर्दै उच्च स्तरको परिमार्जित इन्टरनेट बैकिङ सेवा ‘बिओके क्लिक’ आफ्ना संस्थागत ग्राहकहरु समक्ष प्रस्तुत गरेको छ । जस अन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आइपीएस सुविधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सम्बन्धि सेवा उपलब्ध हुने जानकारी गराउँदछौं । यस सुबिधाबाट ग्राहकहरुले बैकिङ कारोबारको लागि बैंक आइरहनुपर्ने समस्यालाई निवारण हुनुका साथै समयसापेक्ष बैकिङ सेवाको अनुभव गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।
यस प्रणालीको सुरक्षित प्रयोग गर्न ‘मल्टीलेयर अजेन्टिकेशन’को व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैंले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १८:२५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु