1100×100 Nabil Advert

सांग्रिला बैंकद्वारा क्रमिक मुद्दती खाता योजना सार्वजनिक

थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ । यो योजना न्यूनतम मौज्दात ५ सय रुपैयाँबाट शुरु गर्न सकिनेछ । यस मुद्दती योजनाअन्तर्गत ग्राहकहरुले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने बैंकले जनाएको छ । यस योजनाबाट ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिएका छन् । सांग्रिला डेभलपमेण्ट बैंकका मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम रहेका छन् ।

प्रकाशित समय २०:४८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु