1100×100 Nabil Advert

प्राइम बैंकको चुक्ता पूँजी १४ अर्बको हाराहारी पुग्यो

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात औपचारिकरुपमा एकीकृत कारोबार शुरुवात भएको छ । बैंंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चात एकीकृत कारोवार शुभारम्भ गरे । श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दुबै बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई प्राप्ति गरी पूँजी बृद्धि गर्ने योजनाअन्तर्गत कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गरिएको हो । प्राप्तिपश्चात बैंकको चुक्ता पूँजी १३ अर्व ९८ करोड पुगेको छ भने निक्षेप करिब १३० अर्ब तथा कर्जा लगानी ११४ अर्ब रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या २०० पुगेको प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले जानकारी दिए ।

प्रकाशित समय २१:५४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु