1100×100 Nabil Advert

सिभिल बैंकको शाखा ललितपुरको नखिपोटमा

ललितपुर । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ललितपुरको नखिपोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको उद्घाटन गरे । सो अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरियो । सो ब्ल्यांकेट सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गद्वारा कम्युनिटी चाइल्ड केयर सेन्टरकी अध्यक्ष श्रीमती बिष्णु थापालाई प्रदान गरे ।


कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले नखिपोटमा शाखा स्थापनासँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकूल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पूँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे । देशभरी समग्र बैकिङ प्रणालीमार्फत हालसम्म करिब ३५ खर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ३१ खर्बभन्दा बढी कर्जा लगानी गरिएको पनि उनले बताए ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक नखिपोट शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयहरुलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागि साना तथा मझौला व्यापार व्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जाजस्ता क्षेत्रमा लगानी बढाउने बताए ।
उक्त समारोहका अध्यक्ष ई. ईच्छाराज तामाङले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता विना आर्थिक समृद्धि सम्भव नहुने बताए ।
सिभिल बैंकका हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेका करिब ५४ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिव ५२ अर्ब कर्जा लगानी गरेको जनाएको छ ।

प्रकाशित समय २०:१० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु