सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २९ औं साधारणसभा सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८१/०८२ को २९औं वार्षिक साधारण सभा २०८२ साल पौष २९ गते मंगलबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा अमृतभोग, कालीकास्थान, काठमाडौंमा सु-सम्पन्न भयो । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराउनु भयो ।
आ.ब. २०८१/०८२ मा कम्पनीले खुद ५०,०२,४८,५२३ मुनाफा आर्जन गर्न सफल भएको छ । जुन गत आ.ब. २०८०/०८१ को तुलनामा ८.५२ प्रतिशतले बृद्धि हो । त्यसैगरी, गत वर्षको दाबी भुक्तानी २,८३,३२,९२,६१४ को तुलनामा यस आ.ब मा रु. ३,६२,५१,५५,२५५ को दाबी भुक्तानी गरेको छ । आउदो वर्षहरुमा पनि ग्राहकलाई उच्च सेवा दिने लक्ष्य सहित कम्पनी अगाडी बढेको विश्वास दिलाउन चाहान्छौ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । सभामा कतिपय शेयरधनीहरुले लिखित सुझाव तथा कतिपय शेयरधनीहरु उपस्थिति भई आ-आफनो धारणाहरु राख्नुभएको थियो ।
प्रकाशित समय १६:२० बजे





















