प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम
काठमाडौं । प्राइम कमर्सियल बैंकले असोज ७ गते आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । काठमाडौंको केन्द्रीय कार्यालय कमलपोखरी, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरी देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ४६३ जनाले रक्तदान गर्नुभएको थियो । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरुलाई धन्यवाद दिंदै मानव जीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा राख्नुभयो । संस्थाले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गर्नुभयो ।
प्रकाशित समय १३:४१ बजे



















