1100×100 Nabil Advert

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको यस होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

 

यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिंदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नुहुनेछ छ भने यीयरपोर्ट लज र रेष्टुरेन्ट, पेस्ट्री सप ट्रेन्क्युलीटी स्पामा १५ प्रतिशतको छुट उपभोग गर्न सक्नुहुनेछ ।

 

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय १७:५४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु