1100×100 Nabil Advert

नाडा अटो शो २०२५ को भव्य तयारी हुँदै, लाखभन्दा बढीले भ्रमण गर्ने अपेक्षा

ललितपुर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजनको रुपमा प्रस्तुत गरिने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले भने, ‘नेपालले मोबिलिटी क्षेत्रमा यति छिटो प्रगति गर्छ भन्ने कसैले अपेक्षा गरेको थिएन । तर हामीले यस क्षेत्रमा ठूलो फड्को मारिसकेका छौं । यही परिवर्तनलाई मध्यनजर गर्दै यस वर्षको नाडा अटो शोमा प्रविधि, संस्कृति र अटोमोबाइललाई नयाँ ढंगले प्रस्तुत गरिनेछ ।’

 

हरेक वर्ष आयोजना हुँदै आएको अटोमोबाइल व्यवसायीहरुको संस्था नाडाले यो वर्ष पनि भदौ ३ गतेदेखि ‘नाडा अटो शो २०२५’ शुरु हुने जानकारी गराउँदै अटो शोको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने जनाएको छ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने उक्त नाडा अटो शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको भनाई छ ।

 

नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको आयोजकको भनाइ छ । नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गर्ने जनाएको छ । स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोट, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलकजस्ता प्रविधिहरु प्रस्तुत गर्ने नाडाले जनएको छ ।

 

स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे युनिटरि रोबोट्स, दिपल इभोटल युएभि सहित १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरूले शो मा सहभागिता जनाउँदै छन् । शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन् भने करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शोको भ्रमण गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित समय २२:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु