1100×100 Nabil Advert

दुर्गेश थापाको ग्रान्ड कन्सर्ट हुँदै– आइएमई पे र खल्ती मार्फत टिकट खरिद गर्न मिल्ने

काठमाडौं । नेपालको लोकप्रिय गायक तथा परफर्मर दुर्गेश थापाको पहिलो चोटी यहि बैशाख १८, २०८२ मा काठमाडौं बौद्धको हयात ग्राउण्डमा हुन गएको कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एप मार्फत खरिद गर्न सकिनेछ । ट्राइएङल इन्कद्वारा आयोजित यस कन्सर्टमा दुर्गेश थापाको ऊर्जा र आकर्षक परफर्म र मज्जा लिन सकिनेछ । हालको समयमा सर्वाधिक रुचाइएको गीत ‘दुश्मन हेरेको हेरई’ बाट लोकप्रियता कमाएका र त्यो भन्दा अघि पनि कैयौं हिट्सहरु दिएका उनी केवल एक गायक मात्र नभइ मञ्चमा आफूसँगै दर्शकलाई पनि रमाउन र नचाउन जानेका एक अब्बल परफर्मको रुपमा पाईन्छ ।

 

 

मे १ मा काठमाडौं बौद्धको हयात ग्राउण्डमा हुन गइरहेको भव्य कन्सर्टमा दुर्गेश थापाले आफ्नो अत्यन्तै चर्चित गीतहरु प्रस्तुत गर्नेछन र साथै अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरुको पनि मनोरञ्जनात्मक प्रस्तुती रहनेछ । प्रशंसकहरूले आफ्नो प्रवेश टिकट आजैबाट आइएमई पे तथा खल्ती एपको ‘इभेन्ट्स’ सेक्सनबाट लिन सक्नेछन् । दर्शकहरूले कन्सर्टको लागि फ्यानपिट, सिल्भर वा गोल्ड टिकटहरू मध्ये एक छनौट गर्न सक्ने कम्पनी ले जनाएको छ ।

 

 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

 

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

प्रकाशित समय १६:४७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु