कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबिच सम्झौता
काठमाडौं । कुमारी बैंक र बालुवाटार, काठमाण्डौ स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लिबीच कुमारी बैंकका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्सरे, युएसजी, ओपीजीलगायत अन्यमा ५ प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशत देखि १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
प्रकाशित समय १७:१६ बजे


















